पोउवाको अध्यक्षमा उदाए पवन प्रजापती
पाेखरा | भदौ २६, २०७९
पोखरा : पवन कुमार प्रजापती पोखरा उद्योग वाणिज्य सघको अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न संघको ३४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणनामा प्रजापतीले १ हजार ६सय १३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । प्रतिस्पर्धी अर्जुुन पोखरेलले ८ सय ९७ मत प्राप्त गरे ।
संघका निर्वाचनमा पवन र अर्जुन प्यानल चुनावी मैदानमा होमिएका थिए । अधिकांश पदाधिकारी र सदस्यमा पवन प्यानलले जितेको छ ।
बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, बाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला निर्वाचित भएका छन् । यी सबै पवन प्यानलका हुन् ।
अर्जुन प्यानलले उद्योग उपाध्यक्षमा मात्र पदाधिकारी जितेको छ । उद्योग उपाध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् ।
सदस्यमा पनि पवन प्यानलले नै धेरै जित हात पारेको छ । १० जना सदस्य मध्ये ६ जना पवन प्यानलका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

